संयुक्त दलित एकता समाजको विरोध सभा : पीडितलाई न्याय दे सरकार

रुकुम घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त दलित एकता समाजले बिगत केहि दिन देखि विरोध प्रदर्शन गरिराखेको छ। संयुक्त दलित एकता समाजले हरेक दिन दिउँसो काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको गर्दै आइरहेको छ।

गत जेठ १० गते जिल्लाको चौरजहारी नगरपालिका-८ सोती घटनामा मारिएका नवराज विकसहितका मृतकका परिवारको न्यायका लागि दलित युवा प्रर्दशनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले बाँच्न पाउने अधिकार सुनिश्चित गर, घटनाको निष्पक्ष छानबिन गर, घटनालाई तोडमोड गर्न खोज्न पाइदैन, पीडितलाई न्याय नदिने सरकार हामीलाई चाहिँदैन, मृतकलाई सहिद घोषणालगायतका नारा लगाउँदै विरोध गरेका हुन् ।  उक्त घटनामा नवराजसहित पाँचजनाको मृत्यु भएको छ।

लामो समयदेखिको प्रेम सम्बन्धमा रहेका युवायुवती विवाह गर्न लाग्दा दलित भएकै कारण हत्या गर्नु जघन्य अपराध भएकाले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनिहरुको माग छ।

उक्त विरोध सभालाई ऐक्यबद्धता जनाउन नेपाल सुन–चाँदी शिल्प व्यवसायी संघका अध्यक्ष टंक बरायलीको पनि सहभागिता थियो ।

हेर्नुहोस् भिडियो : 

WRITE COMMENTS FOR THIS ARTICLE