पुनः फुटबलमा चर्चामा आउन सफल हामेस रोर्डिग्वज…

कोलम्बियन स्टार खेलाडी हामेस रोर्डिग्वज पछिल्लो समय पुनः फुटबलमा चर्चामा आउन सफल भएका छन् । सन् २००६ बाट क्लब फुटबल सुरु गरेका उनी इन्भिगाडोका लागि पहिलोपटक सिनियर फुटबल खेलेका थिए ।  त्यसपछि उनले लामो समय स्पेनिस क्लब रियल मड्रिडमा बिताएका उनी क्लबका लागि सुरुवाती दुई सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । २०१६ को सिजन केही फर्म खस्कँदा रियलले उनलाई जर्मन क्लब वायर्न म्युनिखमा लोनमा पठायो ।

रोर्डिग्वज सन् २०१७ मा जर्मन क्लबमा लोनमा अनुबन्ध भए । उनले वायर्नका लागि ४३ लिग खेल खेल्दै १४ गोल गर्न सफल भए । रोर्डिग्वजले रियलका लागि भने ८५ खेल खेल्दै २९ गोल गरेका थिए । पछिल्लो सिजन उनी प्रिमियर लिग एभर्टनमा अनुबन्ध छन् । उनले प्रिमियर लिगको पहिलो खेलमा नै आफ्नो प्रभाव जमाउन सफल भए ।

एभर्टनका लागि उनले चार खेल खेल्दै तीन गोल गरेका थिए । रियलले उनलाई क्लबमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको भन्दै एभर्टनलाई बेचेको थियो । उनले पछिल्लो समय एभर्टनका लागि उत्कृष्ट प्रदर्शन गरिरहँदा रियलका मुख्य प्रशिक्षक जिदानको आलोचना हुने गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE