पुनः विवादमा गजुरी गाउँपालिका, ठेक्का सम्झौताविना नै कर संकलन गर्न दियो अनुमति

भष्ट्रचार, विवाद र धादिङको गजुरी गाउँपालिका एक अर्काको पर्यावाची नै बनिसकेको छ । गाउँपालिकाको मिलेमतोमा एक निर्माण कम्पनीलाई ठेक्का सम्झौताविना नै कर संकलन गर्न दिएपछी पालिका पुनः विवादमा तानिएको हो ।
मिति २०७७ भदौ २९ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकमा पालिकाले उत्पादन, उत्खनन् तथा संकलनबाट प्राप्त हुने ढुङ्गा, बालुवा, गिट्टी लगायतको शुल्क उठाउने शिलबन्दी बोलपत्रको लागि सुचना प्रकाशित गरेको थियो । सोही सुचनाको आधार सबै भन्दा बढी अंक भ्याट बाहेक रकम ११ करोड ९७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँमा काठमाडौंको बबरमहलस्थित शिवाको कन्स्ट्रक्सन प्रा. लि. छनोटमा परेको थियो । पालिकाले सार्वजनिक खरिद नियमावली २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनार्थ शिवाको कन्स्ट्रक्सन प्रा. लि. लाई छनोट गरीएको आशयपत्रको सुचना मिति २०७७ कार्तिक १ गते प्रकाशित गरेको थियो ।
सार्वजनिक खरिद नियमावली अनुशार आशयपत्र प्रकाशित गरेको सातौं दिन अर्थात् कार्तिक ७ गतेभित्रमै ठेक्का सम्झौता गरिसक्नुपर्ने प्रावधान भए पनि महिना दिन बितिसक्दा पनि कन्ट्रक्सनले भने अझै ठेक्का सम्झौता गर्ने तरखर गरेको छैन ।
करिव १२ करोड बराबरको ठेक्कामा, सम्झौता अगावै ३० प्रतिशत रकम अर्थात् ३ करोड ५९ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ भुक्तानी गर्नुपर्नेमा उक्त कम्पनीले भने हालसम्म एक करोड रुपैयाँ मात्र बुझाएको छ । सो राजश्व रकम पनि गाउँपालिको बैंक खातामा जम्मा नगरिएको पालिकाका एक कर्मचारी बताउँछन् ।
कुनैपनी सरकारी तथा सार्वजनिक निकायको ठेक्का वा कुनैपनी कार्य गर्दा सरकारी मापदण्ड अनुसार राजश्व दाखिला गरी सम्झौता करारनामा गर्नुपर्ने सार्वजनिक खरिद ऐनमा उल्लेख छ ।
उता शुल्क उठाउनका लागी ठेक्का पाएको कम्पनीले ठेक्काको सम्झौता नगर्दै गत महिनादेखी नै अगावैदेखी गाँउपालिका क्षेत्रभित्र उत्पादित उत्खनन्, तथा संकलन हुने गिटी बालुवा ग्राभेलको बिक्रि शुल्क लिन सुरु गरी सक्दापनी गाँउपालिका प्रशासन तथा गाँउपालिका अध्यक्षले चासो नदिनाले समेत गाँउपालिकाका पदाधिकारी र जनप्रतिनिधीको समेत प्रत्यक्ष मिलेमतो भएको स्थानियहरुको गुनाशो छ । गाँउपालिकाले भने ठेक्का सम्झौता नगर्दा समेत उक्त कम्पनीलाई कारवाहि गर्नुको सट्टा उल्टै सम्झौता अगावै कर संकलन गर्न अनुमती दिएको खुलाशा भएको छ ।
उता गाउँपालिकाले भने शुल्क नउठाएको दावी गर्दै ठेकेदारलाई नै बचाउने कोशिस गरीरहेको छ । गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत र योजना शाखाका प्रमुख टुफेल खानको सहयोगमा सो कम्पनीले रकम उठाइरहेको स्थानियहरुको आरोप छ । उनीहरूले यसअघि पनि गाउँपालिकाको ठेक्कामा चलखेल तथा आर्थिक अनियमितता गर्दै आएको आरोप लगाएका छन् ।
यसअघी गाँउपालिकाका योजना शाखाका प्रमुख टुफेल खानले गाउँपालिकाले आशयपत्र प्रकाशित गरे पनि निस्चित् समयमा ठेकेदार कम्पनी शिवाको कन्ट्रक्सनले हालसम्म ठेक्का सम्झौता नगरेको स्वीकार गरका थिए ।
गाउँपालिकाले गत कात्तिक १ गते आशयपत्र प्रकाशित गरेको तर, कम्पनीका प्रतिनिधि ठेक्का सम्झौताको अन्तिम दिनसम्म पनि नआएको उनले बताएका छन् । त्यसपछि गाँउपालिकाले पत्राचार गरेको र उनीहरूले पत्र पनि पाइसकेपनी कम्पनीले नै सम्झौता गर्न आनाकानी गरेको खानले बताएका थिए ।
त्यस्तै गाँउपालिकाले गत कात्तिक २४ गते सम्मको अवधि राखेर पुनः पत्राचार गरपनी ठेकेदार कम्पनीले भने अझै ठेक्का सम्झौता नै गरेको छैन ।
पालिका स्रोतका अनुसार अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र राजश्व शाखाका खान मिलेर ठेकेदारलाई सहयोग गरेकाले उनीहरूले सम्झौताविना नै रकम उठाइरहेको छ । ठेक्का सम्झौता अनुमति पाएको शिवाको कन्स्ट्रक्सन प्रा. लि. का धादिङ प्रतिनिधी नेकपा निकट युवा संघ धादिङका अध्यक्ष दिपक खतिवडा र गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत एउटै राजनितिक दलको हुनाले पनि त्यति कडाई नगरिएको एक स्थानिय बताउँछन् । राजनैतिक बलको आडमा स्थानिय निकायमा हुने अनियमिताको बारेमा सरोकारवाला पक्ष नै मौन बस्ने गरेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE