पुर्बमन्त्री बिक्रम पाण्डेद्वारा जितियाको शुभकामना

पुर्व मन्‍त्री तथा कालिका ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक बिक्रम पाण्डेले थारु र मिथिला समुदायको महान चाड जितियाको पावन अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । बरिष्ठ समाजसेवी समेत रहनुभएका पाण्डेले आज एक सन्देश जारी गर्दै शुभकामना दिनुभएको हो ।

“शनिबार बिहान सूर्योदयसंगै शुरू भएर आइतबार दिउँसो ३ बजेपछि समापन हुने थारु र मैथिल समुदायका महिला दिदी बहिनीहरुको महान् लोकपर्व जितियाको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।” विज्ञप्तिमा भनिएको छ – “आफ्ना सन्तानको सुख, शान्ति सम्बृद्धि प्राप्तिका आमाहरुले निराहार उपवास व्रत बस्ने ‘जिमुतवाहन’ समेत भनेर चिनिने यस पुण्य चाडले हामी सबैमा आफ्ना आमाहरुप्रति जिम्मेवार बन्ने प्रेरणा मिलोस् ।”
साथै उहाँले जितिया पर्ब मार्फत बहुल जातीय नेपाली समाजमा सांस्कृतिक सहिष्णुता कायम गर्न सन्देश मिल्ने बताउँनुभयो ।
                                                            (समाचार kalika news मा प्रकाशित छ।)

WRITE COMMENTS FOR THIS ARTICLE