पुष्प व्यवसायी पनि कोभिड–१९ को असरमा

धादिङ्ग । अन्य व्यवसाय जस्तै पुष्प व्यवसायमा पनि कोभिड–१९ को असर परेको छ । भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै पुष्प व्यवसाय ठप्प जस्तै छ । फूल बिक्री हुन छाडेको छ । यसले करोडौं रुपैयाँ बराबरको फूल त्यसै फ्याँक्नुपर्दा व्यवसायी मारमा परेका हुन् ।

धादिङ्ग सिद्धलेक गाँउपालिका वडा नं. ७  स्थित सुधिर खतिवडाको जग्गामा रहेको लिलि फूल खेर गइराखेका छन् ।  अहिले उनी जस्ता धेरै पुष्प व्यवसायी मारमा परेका छन् । सबैभन्दा धेरै उत्पादन हुने सिजनमा पुष्प व्यवसायीले नोक्सानी बेहोर्नुपरेको हो ।

भाइरस नियन्त्रण गर्न सरकारले २५ जनाभन्दा बढीको भेला तथा सभासमारोह नगर्न निर्देशन दिएपछि फूलको कारोबार हुन छोडेको हो ।

सात रोपनी जग्गामा ७० हजार तरवार लिलि फुल लगाएर व्यवसाय सुरु गरेका हुन् ।  अहिले उनको फार्मबाट लाखौं रुपैयाँ बराबरका फूल त्यसै फ्याँकिन्छन् ।  कुल उत्पादनको ७० देखि ८० प्रतिशत खपत हुने समय हो यो,’ उनले भने, ‘मूल्य कम भए पनि फूलको परिमाण धेरै हुने भएकाले अन्य सिजनभन्दा राम्रो कारोबार हुने गर्थ्यो ।’

फूलको पात तरवार जस्तो हुने भएर यस फूललाई तरवार लिलि भनिन्छ । यो बहु वर्षे जातको फुल हो । यसको गानोबाट नयाँ विरुवा निस्कन्छ । यहि भएको फुलको गाँनोबाटै नयाँ ठाँउमा विस्तार गर्न सकिन्छ । ५० हजार विरुवा काठमाडौंमा तयारी अवस्थामा छ । लकडाउनले विरुवा लगाउने काम पनि धकेलिएको छ । अहिलेसम्म १० लाख भन्दा बढी लगानी भईसकेको छ । अझ थप लगानी गर्नु पर्ने छ । अहिले सात रंगका फुलहरु फार्ममा फुलिरहेका छन् ।

उनले २०६२ सालदेखि २०७२ सालसम्म पर्यटकीय क्षेत्रमा नेपालीपनका सामानहरुको यूरोपमा निर्यात गरे । विनाशकारी भुकम्प पश्चात व्यापार खस्क्यो । अनि व्यापार छोडेर बसेको थिए । छ महिना यूरोप बसे । तरपनि आफ्नै देश प्यारो लाग्यो । फर्के र आफ्नै भुमीमा फुल लगाएर फुलसंगै रमाउन पुगे । फुलखेती पर्यटन क्षेत्रकै अर्को रुप हो ।

विवाह तथा व्रतवन्ध, मण्डप सजाउन, गाडी सजाउन, सभासमारोह स्थल सजाउन प्रयोग हुने फुल प्रति गोटा १० देखि १४ रुपयाँसम्म बिक्ने गर्दछ। नेपालमा फूलको उत्पादन कम हुँदा वर्षेनि भारतबाट लाखौंको फूल भित्रने गर्छ । सरकारले कसैलाई पक्षपात नगरी पुष्प व्यवसायीका लागि समेत राहत प्याकेज उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

– सुसन खतिवडा

WRITE COMMENTS FOR THIS ARTICLE