पुस १० गतेदेखि नेपाली सिनेमा हल खोल्ने चलचित्र संघको घोषणा…

चैत पहिलो साताबाट बन्द रहेका सिनेमा हल पुस १० गतेदेखि खोल्ने नेपाल चलचित्र संघले घोषणा गरेको छ ।  हल व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरेर पुस १० गतेदेखि एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेका हुन् ।

आफूहरुको आग्रहलाई सरकारले नसुनेको भन्दै संघका अध्यक्ष मधुसुदन प्रधानले एकतर्फी रुपमा भए पनि हल खोल्ने घोषणा गर्नु परेको बताए । चैतबाट सिनेमा हल बन्द हुँदा व्यवसायीलाई २ अर्ब रुपैयाँभन्दा बढी घाटा भएको उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE