पूर्व प्रशिक्षक सेटिनले बार्सिलोनाविरुद्ध मुद्दा दायर गर्ने…

बार्सिलोनाका पूर्वमुख्य प्रशिक्षक क्विक सेटिनले क्लबविरुद्ध कानूनी मुद्दा लड्ने बताएका छन् । उनले ट्वीटरमार्फत विज्ञप्ति जारी गर्दै आफु बार्सिलोनाविरुद्ध अदालतमा जाने बताएका छन् । च्याम्पियन्स लिगमा जर्मन च्याम्पियन क्लब बायर्न म्युनिखसँग ८–२ को अपमानजनक पराजयपछि सेटिनलाई बार्सिलोनाको मुख्य प्रशिक्षकमा बर्खास्त गरिएको थियो । उनलाई बार्सिलोनाले अर्नेस्टो भाल्भर्डेको स्थानमा क्लबको प्रशिक्षकमा नियुक्त गरेको थियो । तर, सेटिनको प्रशिक्षणमा बार्सिलोनाले घरेलु टोलीको समेत उपाधि जित्न सकेन ।

अब सेटिनले सेप्टेम्बर १६ सम्म बार्सिलोनाबाट कुनै आधिकारिक बर्खास्तीको पत्र नआएको दाबी गरेका छन् । सेटिनले आफ्नो करार अवधि २०२०–२१ सम्मको निर्धारित ४ मिलियन पाउण्ड दाबी गरेका छन् ।

“मेरो मामिलामा क्विक क्लब र अध्यक्ष दुबैले मेरो बर्खास्तको घोषणा तुरुन्तै गरे । तर, एक महिना वितिसक्दासम्म पनि आधिकारिक पत्र पाएका छैनौ,” सेटिनले विज्ञप्तिमा लेखेका छन्, “यस्तै कारणहरूले गर्दा, हामी सम्बन्धित कानुनी कारबाहीहरू दर्ता गरिरहेका छौ । हामीलाई हाम्रो प्रस्ताव वकिलहरूको हातमा राख्न बाध्य पारिएको छ ।”

बार्सिलोना सेप्टेम्बर २७ मा रोनाल्ड कोम्यानलाई नयाँ प्रशिक्षकाको रुपमा अनुबन्ध गरेको थियो । कोम्यानले भिल्लारियलविरुद्ध आफ्नो प्रशिक्षणमा टोली मैदानमा उतार्दै ला लिगाको सुरुवात गर्ने छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE