पोर्चुगिज सुपरस्टार रोनाल्डोले फालेको आर्मब्याण्ड लिलामिमा

विश्वकप छनोट फुटबल अन्तर्गत शनिबार राति भएको सर्वियाविचको खेलमा आफ्नो गोललाई मान्यता नदिएपछि आक्रोशमा रोनाल्डोले आफुले लगाएको कप्तानको आर्मब्यान्ड फाल्दै मैदानबाट बाहिरिएका थिए ।

रोनाल्डोको आर्मब्याण्ड एक बिरामी बच्चाको उपचारको लागि लागि आर्थिक संकलनका लागि अक्सनमा राखिने भएको हो । स्पोर्ट्स क्लब नाम गरेको च्यानलले म्याचको रिप्ले हेर्दै रोनाल्डोकै आर्मब्याण्ड रहेको पुष्टि गरेपछि एक च्यारिटी संस्थासँगै उक्त आर्मब्याण्डलाई अक्सनमा राखेको छ । “रोनाल्डोले म भन्दा तीन मिटर पर मात्रै आर्मब्याण्ड फालेका थिए । त्यो देख्ने बित्तिकै मलाई ती बिरामी बच्चाको लागि पैसा उठाउएर सदुपयोग गर्ने सोच आयो ।” ति व्यक्तिले भने । बच्चालाई स्पाइनल मस्कुलर अट्रोफि रोग लागेको छ ।

अन्तिम समयमा रोनाल्डोको प्रहारलाई सर्वियाका स्टेफन मित्रोभनले टच लाइनबाट बचाएपछि रिप्लेमा हेर्दा बलले लाइन क्रस गरेको देखिएको थियो । जसका कारण रोनाल्डोले रिसले आर्मब्याण्ड फालेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE