प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्ने माग राख्दै ‘राप्रपा संयुक्त नुवाकोटको’ ज्ञापनपत्र

प्रदेश नं. ३ को राजधानी नुवाकोट लाइ वनाउनु पर्छ भन्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्ञापनपत्र वुझाएको छ। सो को जानकारी राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्द्रिय प्रवक्ता जनक राज पाठकले हामीलाई जानकारी दिनु भयो । केन्द्रिय प्रवक्ता पाठकका अनुसार प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश न. ३ (तीन) का मुख्यमन्त्री लाई समेत ज्ञापनपत्र बुझाईएको  छ । ज्ञापनपत्र कार्यक्रममा उच्च कार्य सम्पादन सदस्यहरु भरत पाठक, जनक प्याकुरेल , पाटीका प्रवक्ता जनक पाठक, केन्द्रिय सदस्य एवम् राप्रपा-संयुक्त यूवक संगठनका केन्द्रिय अध्यक्ष फणि राज लोहनी’राजु’, पाटीका नुवाकोट जिल्ला अध्यक्ष कुल ब. खड्गी लगायतका नेताहरुको उपस्थिती रहेको थियो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रदेश ३ को राजधानीका लागि नुवाकोट नै उपयुक्त हुने विचार यसअघी नै व्यक्त गरिसकेका छन् ।

नुवाकोट चीन निर्यात गर्ने समान उत्पादन गर्न बिशेष आर्थिक क्षेत्र निर्माण गर्नको लागि चाहिने पानी, बिजुली, राष्ट्रिय र अन्तराष्ट्रिय राजमार्ग नुवाकोटमा उपलब्ध छ । साथै नुवाकोट खाद्यान्न निर्यात गर्ने जिल्ला पनि हो । आउँदा दिनमा चीनसँग जोड्ने सुरुङ्गमार्ग बनेपछि प्रमुख राष्ट्रिय र अन्तराष्ट्रिय बजारसँग यातातातको सुबिधा अझ व्यापक र सस्तो हुनेछ । यस कारण नुवाकोट देशको पहाडी क्षेत्रको मूल औद्योगिक थलो हुनसक्नेछ । त्यस्ले गर्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त ले नुवाकोट लाई प्रदेश ३ को राजधानी बनाउन माग गरेको हो ।

नुवाकोट जिल्ला नेपालको प्रदेश नं. ३ मा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सु-सज्जित जिल्ला हो । जिल्लाको सदरमुकाम बिदुर हो। नेपालको कुनै पनि अञ्चलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने भौगालिक विविधता ले भरिएको जिल्ला हो । यस जिल्लामा पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरू लगाएतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ। साथै यो जिल्ला देशकै राजधानी सगँ जोडिएको जिल्ला पनि हो ।

जिल्ला प्रमुख समक्ष पेश गरिएको ज्ञापनपत्र

WRITE COMMENTS FOR THIS ARTICLE