प्रदेश पाँचको नाम अब लुम्बिनी प्रदेश रहने, प्रस्ताव तुईतिहाइले पारित

प्रदेश पाँचको नाम अब लुम्बिनी प्रदेश रहने भएको छ।

मंगलबार प्रदेश सभामा नाम ‘लुम्बिनी प्रदेश’ राख्ने प्रस्ताब दुई तिहाई बहुमतले पारित भएसँगै प्रदेशको नाम लुम्बिनी रहने भएको हो।

प्रदेश सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी राखियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।

त्यसपछि नामका बारेमा मतदान भएको थियो । मतदानमा प्रदेशको नाम लुम्बिनी राखियोस् भन्ने पक्षमा ७९ मत र विपक्षमा ४ मत परेको छ । प्रदेश सभामा रहेका ८७ मध्ये ८३ जना सांसद मतदानमा सहभागी भएका थिए । लुम्बिनी नाम राख्ने पक्षमा तुईतिहाई बहुमत पुगेपछि नेपालको संविधानको धारा २९५ को उपधार २ बमोजिम प्रदेशको नाम लुम्बिनी रहेको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

यो पनि पढ्नुहोस् : प्रदेश ५ को राजधानी दाङ पारित, दुईतिहाइ सांसदले देउखुरी क्षेत्रलाई राजधानी बनाउन मतदान गरे

 

WRITE COMMENTS FOR THIS ARTICLE