प्रधानमन्त्रि समेत अभिभावक रहेका मुगुका बालबालिकाले राहत नपाउँदा बिचल्लिमा

हरि कृष्ण ऐडि, मुगु। दुर्गम क्षेत्रमा रहेका गरिब परिवारका १७ जना बालबालिकालाई उच्च शिक्षा सम्म पढाई दिने उदेश्यले तत्कालिन संघिय माननियहरुबाट विभिन्न स्कुल छनौट गरि बालबालिकालाई भर्ना गरिदिएका हुन् । ती बालबालिकाहरुले भर्ना भए देखि नै कुनैपनि सेवासुविधा पायका छैनन् ।
२०७५ साल बैशाख १ गते कर्णाली प्रदेशकै पर्यटकिय स्थल रारा तालमा पहिलो पटक पर्यटन बर्ष मनाएको दिनमा मन्त्रीहरुको लक्ष्य अनुसार यस मुगु का ग्रामीण भेगका गरिब परिवारले पढाउन नसक्ने १७ जना बालबालिकालाई छनौट गरि पठाउनु भनि विभिन्न बिधालय हरुमा पत्रचार गरि बुद्ध माध्यमिक विद्यालय, जनकल्याण अधारभुत विद्यालय मह , श्री नेरा माध्यमिक विद्यालय मुर्मा र दुधे आधारभुत विद्यालय कोटिला लाई पत्रचार गरि छनोट गरि रारा पर्यटन बर्ष २०७५ बैशाख १ गतेका दिनमा विभिन्न मन्त्रीहरुको नाममा भर्ना गर्ने भनि पत्रचार गरि सबै बिधालयलाई उपस्थित गराइएको थियो ।
रारा पर्यटन बर्षमा मन्त्रीहरुले सबन्धित बिद्यालयका प्रधानपक र बालबालिकाको अभिभाबकको रोवरमा २०७५ साल बैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपि शर्मा वलि र उनकि धर्म पत्नि अभिभाबक भई बुद्ध माध्यमिक बिद्यालय मांग्मिा २ जना लाई भर्ना गरे, जनार्दन शर्मा अभिभाबक भई जनकल्याण आधारभुत बिधालयमा १ जना भर्ना गरे, प्रर्यटन तथा नागरिक उड्यन मन्त्री स्वर्गीय रबिन्द्र अधिकारि अभिभावक भई दुधे आधारभुत बिधालयमा १ जना , शिक्षा मन्त्री गरिराजमणि पोखरेलले श्री नेरा माध्यमिक बिधालय मुर्म मा १ जना, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र शाहि बाट १ जना सोही मुर्मा बिधालय मा सँघिय मुगु जिल्ला का माननीय गोपाल वम वाट सोही मुर्मा को विधालयमा अभिभाबक भई भर्ना गरेका हुन तेस्तै सोही मुर्मा बिधालय मा अरु बाँकि विभिन्न मन्त्री हरुको नामा भर्ना गरिएका हुन । सबै बिधार्थिहरुलाई कक्षा १ मा भर्ना गरियका हुन् ।
अभिभाबक भएका मन्त्रीहरुले सार्वजनिक रुपमा आज बाट यी भर्ना गरेका बालबालिकालाई उच्च शिक्षा सम्म पढाइ दिनको लागि यिनिहरुको औषधि खर्च हाम्रो जिम्मेवारी रहनेछ भनि सार्बजनिक गरेका थिए ।
यति लामो बर्ष बितिसक्दा पनि विभिन्न बिधालयमा भर्ना गरिएका बालबालिकाहरुको अभिभावकत्व जिम्मेवार लिएका मन्त्रीहरुले खोजि नीति नगरिदिदा उनीहरु मर्कामा परेका छन् । पढाइ खर्च नभए पछि साना बालबालिका हरु बिद्यालय पनि जान छाडेका छन्। प्रधानमन्त्री केपि शर्मा वलि र उनकि धर्म पत्निले भर्ना गरेका २ जना बच्चालाई बुद्ध माध्यमिक बिधालयमा प्रधानमन्त्री मार्फत बेलाबखत पढाइ खर्च आएता पनि थोरै आउने गरकाले आौषधि खर्च बापत प्रधानध्यापक डिलेन्द्द शाहिले आफ्नै खल्तिबाट बेलाबखत गरि दस हजारसम्म खर्च गरेको बताए।
छायानाथ रारा नगरपालिका वडा नं ६ का दुधे आधारभुत विद्यालयका प्रधानध्यापक जानबहादुर मल्लले बताए अनुसार पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रबिन्द्द अधिकारीले भर्ना गर्दा उच्च शिक्षा सम्म पढाई खर्च सम्पुर्ण आफै बेहोर्न प्रतिबद्दता गरेका मन्त्रीले पु्र्ण बहादुर कुलाल्ललाई १ कक्षामा भर्ना गरेि कापिकलम र कपडा मा कुनैपनि सहयोग नपाएपछि विद्यालय आउन छाडेका छन् । उनको बारेमा सम्बन्धित निकायबाट अहिले सम्म कुनै खोजिनिति गरिएको छैन्।
पुर्ण बहादुर कुलाल्लका बुवा खडक्क कुलाल्ल ले बताए अनुसार मन्त्रीले हामी जस्ता गरिब र दलितको बच्चाको अभिभाबक भई भर्ना गरिदिदा हामिले मन्त्री लाई भगवानको रुपमा पुजा गर्ने गरेका थियौं तर केवल हामी गरिब लाई आशा देखाउन लाई मात्र रहेछ भनि बताए ।
तेस्तै श्री नेरा माध्यमिक बिधालय मुर्माका प्रधानध्यापक नद्सिह रोकायाले जानकारि दिए अनुसार विभिन्न मन्त्रीहरुले र मुगु का संघिय माननीयले भर्ना गरेका ११ जना बिधार्थिहरुले राहत नपाउदा बिधालय मा बिस्तारै आउन छाडेका छन र उनीहरुको अहिलेसम्म अभिभाबकत्व लिएकाले कुनै पनि चासो दिएका छैनन् भनि बताएका छन्।
WRITE COMMENTS FOR THIS ARTICLE