“प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ”: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न मिल्ने बताएका छन्। नारायणहिटी दरबार अगाडिको सडकमा आयोजित आफू पक्षीय नेकपाको जनसभालाई शुक्रबार सम्बोधनका क्रममा ओलीले यस्तो तर्क गरेका हुन्।

‘अहिले देशव्यापी रुपमा एउटा बहस भइरहेको छ, संसद विघटन र विघटनको सिफारिस संविधानसम्मत छ कि छैन भनेर’, ओलीले अगाडि भने, ‘यो विवाद संसद् विघटन संवैधानिक छ कि छैन भनेर एकातिर बहस हुँदैछ भने अर्कातिर चुनावमा जानु ठीक हो कि होइन भनेर पनि विवाद भइरहेको छ। म भन्छु, प्रधानमन्त्रीले काम गर्न पाएनन्, गर्न दिइएन भने संसद विघटन गर्न पाउँछ।’

ओलीले बेलायतमा लिखित संविधान नभए पनि प्रधानमन्त्रीले संसद विघटन गरेको दृष्टान्त पेश गरे। ‘काम गर्न दिइएन भने प्रधानमन्त्रीले संसद विघटन गर्छ, ताजा जानेदशमा जान पाउने अधिकार छ’, उनले भने, ‘हाम्रै बलमा संसदमा आएर हामीलाई नै काम गर्न नदिने अवस्था आएकाले ताजा जनादेश खोज्नु परेको हो।’

WRITE COMMENTS FOR THIS ARTICLE