प्रधानमन्त्री ओलीले पुनर्गठन गरेका ८ मन्त्रीहरु…

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले यसअघि संसद विघटन गरेपछि नेकपामा प्रचण्ड–माधव नेपाल समूहका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।

रिक्त रहेका मन्त्रालयहरुमा ओलीले आफ्नो समूहका नेताहरु ल्याएका हुन् । उनले आज थपेका आठ मन्त्रीहरु सबै पहिले पूर्वमाओवादी प्यानलमा थिए । पार्टी विभाजनपछि उनको पक्षमा आएका प्रचण्डनिकट मानिएका सबै नेताहरुलाई अब प्रधानमन्त्री ओलीले मन्त्री बनाएका छन् ।

मन्त्री बन्नेहरुमा टोपबहादुर रायमाझी, दावा तामाङ, प्रभु साह, प्रेम आले, गौरीशंकर चौधरी, मणि थापा, बिमला बिक, गणेश ठगुन्ना रहेको बताइएको छ ।  सबैलाइै मन्त्रालयको जिम्मेवारी दिइएको छैन । उनीहरुले केही समयमा राष्ट्रपति भण्डारीले सपथ खुवाउँदै छिन् । त्यसपछि आजै मन्त्रिपरिषद् बैठक राखिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE