प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरानामा आरिफ शेख घाइते…

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल दौराना आरिफ शेख घाइते भएका छन् । नेपाल पुलिसबाट खेलिरहेका आरिफ पहिलो इनिङ्समा घाइते भए । ४६औं ओभरको खेल चलिरहेका बेला फिल्डिङ गर्ने बेला उनलाई चोट लागेको हो । तत्कालै उनलाई स्ट्रेचरबाट मैदान बाहिर ल्याइएको थियो ।

उनले खेलमा १० ओभर बलिङ गर्दा १ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिएका थिए । आरिफ चोट कस्तो भन्ने बारेमा जानकारी आइसकेको छैन । उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि हस्पिटल पठाइएको छ । उनको खुट्टा सुन्निएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE