प्रधानमन्त्री कप: वाग्मतीलाई हराउँदै आर्मी फाइनलमा…

आर्मी प्रधानमन्त्री कप वान डे राष्ट्रिय पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । यसका लागि उसले प्रतियोगिताको दोस्रो सेमिफाइलनमा वाग्मती प्रदेशलाई ९४ रनले पराजित गर्‍यो । उपाधिको भिडन्तमा अब आर्मीले एपीएफको सामना गर्नेछ र फाइनल शनिबार हुनेछ । टीयू मैदानमा भएको खेलमा आर्मीले पहिले ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो ।

खराब सुरुआत लिएर एक समय १७ रन बनाउँदा तीन विकेट गुमाएको आर्मीका लागि मध्यक्रमका ब्याट्सम्यानले गतिलो योगदान दिए । भीम सार्कीले ४० र कप्तान विनोद भण्डारीले ६५ रन बनाए । गौतम केसी सर्वाधिक सफल बल रहे र उनले ६१ रनमा ५ विकेट लिए ।

जवाफमा वाग्मतीले ४०.२ ओभरमा सबै विकेट गुमाउन अगाडि १ सय ३५ रन मात्र जोड्न सक्यो । वाग्मतीको पनि सुरुआत खराब रह्यो र उसले १८ रन मात्र बनाउँदा ५ विकेट गुमाइसकेको थियो । कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन बनाए, तर त्यसको खास अर्थ रहेन । आर्मीका बलरमध्ये जितेन्द्र मुखियाले चार तथा विक्रम शोब र सुसन भारीले तीन तीन विकेट लिए ।

WRITE COMMENTS FOR THIS ARTICLE