प्रभाषको ‘आदिपुरुष’ ४ सय करोडमा बन्ने…

फिल्म ‘तन्हाजी : द अनसुन वारियर’ का निर्देशक ओम राउतको नयाँ फिल्म ‘आदिपुरुष’ पछिल्लो समय निकै चर्चा चलिरहेको छ । फिल्म आदिपुरुष मा साउथका चर्चित अभिनेता प्रभाष, बलिउड अभिनेता सैफ अली खान लगायतका कलाकारको रहनेछ।

पछिल्लो समय यस फिल्ममा बलिउड अभिनेता अजय देवगनको इन्ट्री भएको चर्चा पनि चलिरहेको छ । ओम राउत, भुषण कुमार, कृष्ण कुमार, राजेश नायर र प्रकाश सुतारले निर्माण गर्ने यस फिल्म ४ सय करोड लागतमा बन्ने बताइएको छ ।

पौराणीक कथामा आधारीत रहने यस फिल्ममा प्रभासले भगवान रामको भूमिका निभाउनेछन् भने सैफ अली खानले लंकेशको भूमिका निभाउने बताइएको छ । यस फिल्मको छायांकन अर्को वर्षबाट सुरु हुने बताइएको छ । फिल्म हिन्दी, तेलुगू, तमिल, मलयालम, कन्नड भाषामा प्रदर्शनमा आउने जनाइएको छ ।

हालैको एक अन्तरवार्तामा निर्देशक राउतले लकडाउनको समयमा आँफुले थुप्रै अध्ययन र अनुसन्धान गरिरहेको बताए । उनले तान्हाजी द अनसंग वारियरको अत्यधिक सफलतापछि मानिसहरु आदिपुरुषमा पनि यस्ता भिजुअल हेर्न चाहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE