प्रभु डिजिटल अब पब्लिक कम्पनीमा परिवर्तन,अब आईपिओ जारी गर्न पाउने…

भु ग्रुपअन्तर्गतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा सञ्चालन हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट इमेलसहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेडका रुपमा सञ्चालन हुने भएको हो ।

हालै दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्रालिको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनका लागि अनुमति दिएको छ । यसअघि नै प्रभु डिजिटलले कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम संशोधन गरिसकेको छ ।

नाम परिवर्तन र पब्लिक लिमिटेड गरेसँगै कम्पनीलाई सार्वजनिक शेयर निष्कासन गर्ने बाटो खुल्नेछ । प्रभु ग्रुपअन्तर्गतको कम्पनीले ०७४ कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आईपीटीभी÷ओटीटी सेवा सञ्चालन गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE