प्रशिक्षक जोसे मोउरिन्होको टोटनहमा एक वर्ष…

टोटनहमा प्रशिक्षक जोसे मोउरिन्हो नियुक्त भएको एक वर्ष भएको छ । यसबीच उनी व्यापक आलोचित भए भने कतिपय खेलमा लज्जास्पद हार पनि भोगे । आठ खेलमा एउटा पनि जित हात पार्न नसकेको अनुभव समेत उनले बटुले । स्टार खेलाडीहरु एकपछि अर्को गर्दै घाइते भएपछि उनले आफ्नो टिम गोलीबिनाको बन्दुक भएको बताएका थिए ।

कोरोनाका कारण प्रिमियर लिगका बाँकी खेलहरु स्थगित हुन पुगे । यसबीच घाइते भएका खेलाडीहरु पनि फिट हुने मौका पाए । प्रिमियर लिग पुन सुचारु भएपछि भने टोटनहमले खेलमा सुधार देखायो । उनले जिम्मेवारी लिदाँ टोटनहम प्रिमियर लिगको अंक तालिकाको चौधौँ स्थानमा रहेको थियो । तर, गएको सिजन उनले युरोपा लिगमा टोटनहमको स्थान सुरक्षित बनाउन सफल भए ।

उनले यो बितेको एक वर्षमा एउटा बलियो टिम निर्माण गर्दै गएको समिक्षकहरुले बताएका छन् । उनले यस सिजन उपाधि जित्न सक्ने सम्भावना पनि बलियो रहेको समिक्षकहरु बताउँछन् । सन, ह्यारी केन, लुकास मोउरा, बेल जस्ता खेलाडीहरुका कारण पनि उनको मनोबल उच्च बनेको छ । उनको रणनीतिले प्रिमियर लिगको उपाधि जित्न सक्लान् वा सक्नेछैनन् त्यो भने चासोको विषय बनेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE