प्रशिक्षक माउरिन्हो भन्छन्: “बेलको गोलपछि पूर्व क्लव रियल मड्रिडको प्रतिक्रिया सुन्न आतुर छु।”

टनह्यामका प्रशिक्षक जोसे माउरिन्होले ब्रिग्टोनविरुद्धको विजयी गोलपछि गेराथ बेलको प्रशंसा गरेका छन् । टोटनह्यामका लागि ‘म्याचविनिङ’ प्रदर्शन गरेका बेललाई लिएर उनको पूर्व क्लव रियलमड्रिडले कसरी प्रतिक्रिया जनाउँछ भन्ने जान्न आतुर रहेको समेत उनले बताए ।

सेप्टेम्बरमा ला लिगा च्याम्प्यिन मड्रिडबाट लोनमा टोटनह्याम फर्केपछि बेलले पहिलो गोल गरेका हुन् । उनको गोलको सहयोगमा आइतबार ब्रिग्टोनमाथि टोटनह्यामले ‘२–१’ को जित हासिल गरेको थियो । यो जित सँगै प्रिमियर लिगमा टोटनह्याम दोस्रो स्थानमा उक्लेको छ । लिभरपुल २ अंकले अगाडि छ ।

माउरिन्होले भने, ‘उसले लगातार सुधार गरिहेको छ । आँकडाले नै यो देखाउँछ । यो हामीलाई थाहा छ, गेराथलाई थाहा छ । उ त्यो गोलको हकदार थियो । पाँच मिनेट फुर्सद भयो भने म मड्रिडका वेवसाइटहरुले उसको विषयमा के लेख्छन् भन्ने हेर्नेछु ।’

WRITE COMMENTS FOR THIS ARTICLE