प्रशिक्षक सहित वेस्ट ह्यामका दुई खेलाडीलाई कोरोना संक्रमण…

इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोएस, डिफेन्डर इजा डिओप र मिडफिल्डर जोस कलेनलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको छ। काराबाओ कपमा हलसिटीसँग खेल्नुअघि गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको क्लबले जनाएको छ।

कोरोना संक्रमण भएको थाहा पाएपछि प्रशिक्षक र दुई खेलाडी घरमा नै आइसोलेसनमा बसिरहेको क्लबले जनाएको छ। हलसिटीसँगको खेल सुरु हुनु केही अघिमात्र ती खेलाडीमा संक्रमण भएको खबर प्राप्त भएको थियो। दुवै खेलाडी प्लेइङ सेटमा नै राख्ने तय थियो। तथापि खेल बेस्ट ह्यामले ५–१ ले जित्यो।

‘खेल सुरु हुनुअघि मात्र प्रशिक्षक र दुई खेलाडीलाई संक्रमण छ भन्ने कुरा डाक्टरबाट थाहा भयो। त्यसअघि सबै रंगशालामा नै थियौँ। खबर थाहा पाएपछि हामी समस्या परेका थियौँ। त्यसपछि स्वास्थ्य टिमको सल्लाहमा सबै सुरक्षा उपाय अपनाएर अघि बढ्यौँ’ सहायक प्रशिक्षक एलेन इर्भाइनले भनेका छन्। बेलायतमा पछिल्लो समय कोरोना संक्रमणको दर बढिरहेको छ। जसले गर्दा अक्टोवर १ देखि सीमित दर्शकसतिह खेल गराउने योजना अहिलेका लागि स्थगित गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE