“प्रिमियर लिगको उपाधि जित्न निकै कठिन हुनेछ”: प्रशिक्षक मोउरिन्हो

पहिलो खेलमा इभर्टनसँग पराजित भएको टोटनहम त्यसपछि अपराजित रहेको छ । ७ खेलमा अपराजित रहेको टोटनहम लिगको दोस्रो स्थानमा रहेको छ । यस सिजन टोटनहमले उपाधि दौडका लागि बलियो टक्कर दिने केही समिक्षकहरुले टिप्पणी गरेका छन् । तर, प्रशिक्षक जोसे मोउरिन्हो भने प्रिमियर लिगको उपाधि जित्न निकै कठिन हुने बताउँछन् ।

अन्य युरोपियन लिग उपाधि जित्न केही सहज जस्तो भए पनि प्रिमियर लिग उपाधि जित्न भने निकै कठिन हुने उनले बताएका छन् । यस सिजन प्रिमियर लिगको दौडमा कुन क्लबहरु अगाडि रहेका छन् त्यो भने अझै प्रष्ट हुन सकेको छैन ।

मोउरिन्हो अगाडि भन्छन्, ‘यस सिजन टोटनहमले सुधारिएको खेल प्रदर्शन गरेको छ । अन्य क्लबको खेल नतिजा पनि उस्तै राम्रो रहेको छ । तर, उपाधि जित्न प्रिमियर लिगमा धेरै अंक बटुल्नपर्छ । म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, आर्सनल, लेस्टर सिटी यस सिजन बलियो टोलीका रुपमा देखिएका छन् । तर, अन्य क्लबको खेलसँग भन्दा पनि टोटनहमले एकपछि अर्को खेलमा अंक बटुल्ने योजनाप्रति मेरो ध्यान केन्द्रित रहेको छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE