प्रिमियर लिग: आज म्यानचेस्टर सिटी र टोटेनहम भिड्दै…

प्रिमियर लिग अन्तर्गत आज म्यानचेस्टर सिटी र टोटेनहम भिड्दै छन् । सिटीले घरेलु मैदानमा टोटेनहमसँग खेल्ने छ । सिटी र टोटेनहमबीचको खेल राति ११:१५ बजे शुरु हुनेछ । घरेलु मैदानमा टोटेनहमविरुद्ध मैदान उत्रदा सिटी सहज जित निकाल्ने लक्ष्यमा रहेको छ । सिटी टोटेनहमलाई हराएर शीर्ष स्थानको अग्रता समेत थप फराकिलो बनाउन चाहन्छ ।

सिटी दोस्रो स्थानको युनाईटेड भन्दा ५ अंकले अघि रहेको छ । सिटीले २२ खेलमा ५० अंक जोडेको छ । टोटेनहम भने ३६ अंक जोडेर आठौं स्थानमा रहेको छ । टोटेनहम पनि सिटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE