प्रिमियर लिग: आज म्यानचेस्टर युनाईटेड र वेस्ट ब्रुम भिड्दै…

प्रिमियर लिग फुटबल अन्तर्गत आज म्यानचेस्टर युनाईटेड र वेस्ट ब्रुम भिड्दै छन् । वेस्ट ब्रुमको घरेलु मैदानमा हुने खेल राति ७:४५ बजे शुरु हुनेछ । वेस्ट ब्रुमविरुद्ध मैदान उत्रदा युनाईटेड जित निकाल्ने योजनामा हुनेछ । युनाईटेड जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लन चाहन्छ ।

युनाईटेड २३ खेलमा ४५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । वेस्ट ब्रुमलाई हराएमा युनाईटेड शीर्ष दुईमा उक्लने छ । वेस्ट ब्रुम १२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE