प्रिमियर लिग: आज म्यानचेस्टर युनाइटेड र टोटेनहम भिड्दै…

प्रिमियर लिग अन्तर्गतको खेलमा आज म्यानचेस्टर युनाइटेडले टोटेनहमसँग भिड्ने छ । म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९:१५ बजे शुरु हुनेछ । दुबै टिम जितको खोजीमा हुनेछ । युनाइटेड ३ खेलमा ३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

दशौँ स्थानको टोटेनहमले ३ खेलमा ४ अंक जोडेको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज विभिन्न ६ खेलहरु हुँदैछ ।

WRITE COMMENTS FOR THIS ARTICLE