प्रिमियर लिग: एभर्टनको लगातार तेस्रो हार…

इंग्लिस प्रिमियर लिगमा सिजनको सुरुवातमा उत्कृष्ट सुरुवात गरेको एभर्टनले लगातार तेस्रो हार ब्यहोरेको छ । गएराति भएको खेलमा एभर्टन म्यानचेस्टर युनाइटेडसँग ३–१ले पराजित भयो । यसअघि साउथह्याम्टन र न्यूक्यासलसँग पराजित भएको एभर्टन म्यानचेस्टर युनाइटेडसँग घरेलु मैदानमा पराजित भयो ।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले २ गोल गरे । म्यानेस्टर युनाइटेडको पछिल्ला पाँच खेलमा यो तेस्रो जित हो । यसअघि प्रिमियर लिगमा उसले चेल्सीसँग बराबरी खेल्दा आर्सनलसँग एक शुन्यले पराजित भएको थियो । यो जितपछि युनाइटेडले सात खेलमा १० अंक बनाएको छ ।

यता हारपछि एभर्टनले लिगको शिर्ष स्थानमा फर्किने मौका खेर फालेको छ । यसका साथै यो हारले एभर्टनको यात्रामा ठुलो धक्का पनि लागेको छ । उसले यो सिजनमा बलिया टिमविरुद्ध जित निकाल्न सकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE