प्रिमियर लिग: क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकियो आर्सनल…

प्रिमियर लिग अनतर्गत बिहीबार राति भएको एकमात्र खेलमा लण्डन क्लब आर्सनलले क्रिस्टल प्यालेसँग बराबरी खेलेको छ । आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेल गोलरहित बराबरीमा सकिँदा दुवै टोलीले अंक बाँडेका हुन् । यस बराबरीले बर्सनलको लगातार ४ खेल जितको यात्रा रोकिएको छ । कुनै समय रेलिगेसनको छेएतिर रहेको आर्सनलले सबैखाले प्रतियोगितामा गरेर लगायतार चार खेल जितेको थियो ।

बराबरीपछि १८ खेलबाट २४ अंक जोडेको आर्सनल ११ औं स्थानमा छ । समान खेलबाट २३ अंक रहेको क्रिस्टल प्यालेस १३औं स्थानमा छ । १७ खेलबाट ३६ अंकसहित म्यानचेष्टर युनाइटेड लिगकव शीर्ष स्थानमा छ भने समान खेलबाट ३३ अंकसहित लिभरपुल दोस्रो स्थानमा छ । यी दुई टोली शनिवार एनफिल्डमा भिड्दैछन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE