प्रिमियर लिग: क्रिस्टल प्यालेसमाथि लिभरपुलको ७-० गोलको सानदार जित…

इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले सानदार जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा ७-० गोलले पराजित गरेको हो ।

लिभरपुलको जितमा ३ औं मिनेटमा टाकुमी मिनामिनो, ३५औं मिनेटमा साडियो माने, ४४ औं र ६८ औं मिनेटमा रोबर्टो फिर्मिनो, ५३ औं मिनेटमा जोर्डन हेन्डरसन, ८१ औं र ८४ औं मिनेटमा मोहम्मद शलाहले गोल गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE