प्रिमियर लिग: घरेलु मैदानमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो एभर्टन

प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा एभर्टन क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा एभर्टनले क्रिस्टलसँग १–१ गोलको बारबरीमा खेलेको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको ५६ औं मिनेटमा गोल गर्दै हामेस रोड्रिग्वेजले एभर्टनलाई अग्रता दिलाएका थिए। तर निर्धारित समयको केही मिनेटअघि क्रिस्टलका मिक्ची बाट्स्हुयाईले गोल गरेपछि खेल बराबरीमा आएको थियो। बराबरीसँगै एभर्टनले ४७ अंक बनाएको छ भने क्रिस्टल प्यालेसले ३८ अंक बनाएको छ। यी क्लब क्रमशः आठौं र १२ औं स्थानमा छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE