प्रिमियर लिग: घरेलु मैदानमै आर्सनलसँग पराजित म्यान्चेस्टर युनाइटेड…

पिएरे एमरिक आउबामियाङले पेनाल्टीबाट गोल गर्दा आर्सनलले सन् २००६ पछि प्रिमियर लिगमा पहिलोपटक म्यान्चेस्टर युनाइटेडलाई उसैको मैदानमा पराजित गरेको छ । पाँच खेलमा गोलको खडेरी अन्त्य गर्दै आउबामियाङले खेलको ६९ औँ मिनेटमा पेनाल्टीबाट खेलको निर्णायक गोल गरेका थिए ।

निकै निरश बनेको खेलमा पाउल पोग्बाले हेक्टर बेलेरिनलाई फल हान्नु नै निर्णायक बन्यो । जीतपछि १२ अंकसहित आर्सनल लिगको नवौँ स्थानमा रहेको छ भने युनाइटेड ७ अंकसहित लिगको १५ औँ स्थानमा सिमित छ ।

 

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE