प्रिमियर लिग: घरेलु मैदानमा एस्टन भिल्लासँग स्तब्ध भयो आर्सनल…

प्रिमियर लिग फुटबलमा आर्सनलले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा आर्सनल एस्टन भिल्लासँग ३–० गोलको लज्जास्पद हार व्यहोरेको हो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लाको जितका लागि ओलिए वाट्किनसले दुई गोल गरे । एक गोल भने आत्मघाती उपहार पाएको थियो ।

खेलको २५औं मिनेटमा एस्टन भिल्ला आत्मघाती गोलबाट अगाडि बढेको थियो । एस्टन भिल्लाका टार्गेटले गरेको क्रस आर्सनलका मिडफिल्डर बुकायो साकाले किलयर गर्न खोज्दा गोलमा परिणत भएको थियो ।

यसअघि खेलको पहिलो मिनेटमै जोहन म्याकगिनले गोल गरेका थिए । तर, रेफ्रीले भीआरको सहायताबाट अफसाइड दिएपछि गोलले मान्यता पाएनन् । ७२औं मिनेटमा वाट्किनसले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । उनले बार्कलिको पासमा गोल गरेका थिए ।

त्यस्तै त्यसको तीन मिनेट नबित्दै वाट्किनसले व्यक्तिगत दोस्रो गोल गरे । उनले ग्रेअलिसको पासमा गोल गर्दै एस्टन भिल्लालाई ३–० को सहज जित दिलाए ।

WRITE COMMENTS FOR THIS ARTICLE