प्रिमियर लिग: घरेलु मैदानमा एस्टन भिल्लासँग १–१ गोलको बराबरीमा रोकियो चेल्सी…

प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले एस्टन भिल्लासँग बराबरी खेलेको छ । प्रतियोगितामा पछिल्लो समय कमजोर बन्दै गएको चेल्सीले बराबरी खेल्दै अंक बाँड्नु परेको हो । आइतबार राति घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेलेको हो ।

चेल्सीले खेलको ३४ औं मिनेटमा ओलिभर जिराउडको गोलमा अग्रता लिएको थियो । जिराउड चेल्सीका लागि यो सिजन सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले प्रतियोगिताका धेरै खेलमा चेल्सीको लागि महत्वपूर्ण गोल गर्न सफल भएका छन् । उता पाहुना टोली एस्टन भिल्लाका लागि दोस्रो हाफमा पाहुना टोलीका एल गाजीलले बराबरी गोल फर्काए । बराबरीसँगै लिगमा १४ खेल खेलेको एस्टन भिल्ला २६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । समान २६ अंक जोडेका चेल्सी छैटौं स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE