प्रिमियर लिग: घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग ३–१ गोलले चेल्सी स्तब्ध…

प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी बलियो प्रतिद्वन्द्वी चेल्सीलाई हराउन सफल भएको छ । चेल्सी आफ्नै मैदानमा म्यानचेस्टर सिटीसँग ३–१ ले पराजित भएको हो । सिटीको जितका लागि १८औँ मिनेटमा इल्केयी गुण्डोगान, २१औँ मिनेटमा फिल फोडिन र ३४औँ मिनेटमा केविन डू ब्रूयनाले गोल गरे ।

पहिलो हाफमै ३–० ले पछि परेको चेल्सीले खेलमा पुनरागम गर्न सकेन । चेल्सीका लागि इन्जुरी समयको दोस्रो अर्थात ९२औँ मिनेटमा हड्सन–ओडोइले गोल गरे। जितपछि १५ खेलबाट २९ अंक जोडेको म्यानचेस्टर सिटीको पाँचौँ स्थानमा उक्लिएको छ । १७ खेलबाट २६ अंक भएको चेल्सी आठौँ स्थानमा झरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE