प्रिमियर लिग: घरेलु मैदानमा लिभरपुलद्वारा चेल्सी २-० गोलले पराजित…

इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले चेल्सीलाई पराजित गरेको छ ।  आइतबार राति सम्पन्न खेलमा चेल्सीलाई लिभरपुलले उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो । लिभरपुलको जितमा दुबै गोल साडियो मानेले गरे ।

उनले खेलको ५० औं तथा ५४ औं मिनेटमा गोल गरका हुन् । खेलको पहिलो हाफको इन्जुरी समयमा चेल्सीका एन्ड्रियाज क्रिस्टेन्सेनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको थियो । लिभरपुलका मानेले मुभ बनाउँदै गोल हान्न अघि बढ्दै गर्दा उनले मानेलाई समातेर लडाएका थिए । लिभरपुलले जारी सिजनमा २ खेल खेल्दा दुबैमा जित निकालेको छ । यता चेल्सीले यसअघिको खेलमा जित निकालेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE