प्रिमियर लिग: चेल्सीद्वारा क्रिस्टल प्यालेस ४-० गोल अन्तरले पराजित…

इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि सहज जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

चेल्सीको जितमा जोर्जिन्होले दुई गोल गरे भने बेन चिलवेल र कुर्ट जोउमाले एक एक गोल गरेका थिए । यो जितसहित चेल्सीले प्रिमियर लिगमा चौथो खेलमा दोस्रो जित हासिल गरेको छ । चेल्सीले अहिलेसम्म एक हार एक बराबरी र २ जितसहित ७ अंक हासिल गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE