प्रिमियर लिग: चेल्सीमाथि आर्सनलको ३–१ गोलको सहज जित…

प्रिमियर लिग फुटबलमा लगातार सात खेलका कायम रहेको जितबिहीन यात्रा आर्सनलले अन्त्य गरेको छ । लगातारको खराब प्रदर्शनका कारण समस्यामा आएका प्रशिक्षक मिकेल आर्तेतालाई केही राहत मिलेको छ ।

लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ ले पराजित गरेको हो । आर्सनलको जितमा एलेक्सान्ड्र लाकाजेटी, ग्रानेछ जाका र बुकायो साकाले गोल गरेका हुन् । चेल्सीका लागि ट्यामी अब्राहमले एक गोल फर्काए ।

लाकाजेटीले ३४ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाएका हुन् । जाकाले ४४ औँ तथा साकाले ५६ औँ मिनेटमा गोल गरेपछि आर्सनलले ३–० को अग्रता लियो । ८५ औँ मिनेटमा ट्यामी अब्राहमले एक गोल फर्काए पनि आर्सनलको जितलाई रोक्न सकेनन् । जितपछि १५ खेलबाट १७ अंक बनाएको आर्सनल १४ औँ स्थानमा पुगेको छ । पराजित भएको चेल्सी २५ अंकसहित सातौँ स्थानमा झरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE