प्रिमियर लिग : चेल्सी वुल्भ्ससँग २–१ ले पराजित…

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा चेल्सी पराजित भएको छ । मंगलबार रातिको खेलमा वुल्भ्सले चेल्सीलाई २–१ ले पराजित गरेको हो। ​ वुल्भ्समाथि खेलको ४९ औं मिनेटमा पहिलो गोल गरे पनि चेल्सी विजयी हुन सकेन । चेल्सीका लागि पहिलो गोल जिरउडले गरेका थिए । ​

वुल्भ्सका लागि खेलको ६६ औं मिनेटमा पोडेन्सले गोल गर्दै खेल बराबरीमा फर्काए भने खेलको इन्जुरी समयमा नेटोको गोलमा वुल्भ्सले जित निश्चित गरेको हो ।​ गएरातिको खेलमा पराजित भएको पाँचौं स्थानको चेल्सी १३ खेलबाट २२ अंकमा समेटिएको छ । यता २० अंक बनाएको वुल्भ्स १० औँ स्थानमा उक्लिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE