प्रिमियर लिग: टोटनह्यामसँग ब्राइटन २-१ गोल अन्तरले पराजित,बेलको पहिलो गोल…

इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले ब्राइटनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा ह्यारी केन र ग्यारेथ बेलले एक एक गोल गरेका थिए । त्यस्तै ब्राइटनका लागि तारिक लाम्पटेले एक गोल गरेका थिए ।

बेलले यसै सिजनको शुरुवातमा रियल म्याड्रिडबाट टोटनह्याम आएपछि पहिलो गोल गरेका छन् । यो जितपछि टोटनह्यामको ७ खेलमा १४ अंक भएको छ भने अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै ब्राइटनको भने ७ खेलमा केबल ५ अंक रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE