प्रिमियर लिग: टोटेनहमलाई हराउँदै लिभरपुल लिगको शीर्षस्थानमा…

साविक विजेता लिभरपुल प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा टोटेनहममाथि २–१ को जित निकाल्दै लिभरपुलले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ ।

लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल गरे । टोटेनहमका ह्युङ मिन सनले गरेको गोल सान्त्वना बन्यो । लिभरपुलसँगको हारसँगै टोटेनहमको ११औं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ ।

जितसँगै शीर्षस्थानको लिभरपुलको २८ अंक छ भने हारपछि दोस्रो स्थानमा झरेको टोटेनहमको २५ अंक छ ।

WRITE COMMENTS FOR THIS ARTICLE