प्रिमियर लिग: तालिकाको शीर्ष स्थानमा म्यान्चेस्टर सिटी…

प्रिमियर लिगको अंक तालिकामा म्यान्चेस्टर सिटीले शीर्ष स्थानमा फड्को मारेको छ । वेष्ट ब्रोमलाई फराकिलो अन्तरले पराजित गर्दै सिटीले अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । गएराति भएको खेलमा सिटीले वेष्ट ब्रोमलाई ५–० ले हरायो ।

खेलमा सिटीका लागि इके गुन्डोगानले २ गोल गर्दा होवाँ क्यान्सेलो, रियाद माहारेज र राहिम स्टर्लीङले १–१ गोल गरे । जितसँगै सिटीले शीर्ष स्थानमा रहेको डर्बे क्लब म्यान्चेस्टर युनाईटेडलाई उछिनेको हो ।

१९ खेलबाट सिटीको ४१ अंक छ भने युनाईटेडको ४० अंक छ । लिगअन्तर्गत गएराति भएको अर्को खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–१ ले हराएको छ । आर्सनलको जितमा बकायो साका, निकोलस पेपे र अलेक्जेण्डर लाकाजेट्को एक एक गोल सामेल थियो । जितपछि आर्सनल २० खेलबाट ३० अंक जोड्दै तालिकाका आठौं स्थानमा उक्लिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE