प्रिमियर लिग: न्युक्यासल युनाइटेडसँग एभर्टन पराजित…

इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडले एभर्टनलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा न्युक्यासलले एभर्टनविरुद्ध २-१ गोलको जित निकालेको हो । घरेलु मैदानमा न्युक्यासललाई जित दिलाउन खेलको ५६ औं मिनेटमा पेनाल्टीमार्फत र ८४ मिनेटमा कालुम विल्सनले गोल गरे ।

यता खेल सकिनै लाग्दा इन्जुरी समयमा एभर्टनका लागि डोमिनिच काल्भर्ट लेविनले गोल गरेपनि उनको गोल सान्त्वना गोल हुन पुग्यो । ७ खेलबाट ११ अंक जोडेको न्युक्यासल तालिकाको ११ औं स्थानमा रहँदा समान खेलबाट १३ अंक जोडेको एभर्टन तेस्रो स्थानमा रहेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE