प्रिमियर लिग: न्युक्यासलमाथि म्यान्चेस्टर सिटीको २-० गोलको जित…

इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा सिटीले आफ्नो मैदानमा न्युक्यासलविरुद्ध २-० गोलको जित निकालेको हो ।

सिटीको जितमा १४ औं मिनेटमा इल्काए गुन्डोआन र ५५ औं मिनेटमा फेरान टोरेसले गोल गरे । जितसँगै सिटीको १४ खेलबाट २६ अंक रहँदा तालिकाको पाचौं स्थानमा रहेको छ । यस्तै पराजित न्युक्यासल युनाइटेडको समान खेलबाट १८ अंक रहँदा तालिकाको १२ औं स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE