प्रिमियर लिग: न्युक्यासलसँग गोलरहित बराबरीमा रोकियो लिभरपुल…

इङ्ग्लिस प्रिमियर लिग अन्तरगत गएराति भएको खेलमा लिभरपुल न्युक्यासलसँग बराबरीमा रोकिएको छ। सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुल घरेलु टोलीसँग बराबरीमा रोकिएको हो। खेलमा लिभरपुलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न चुक्यो। मोहम्मद सलाह दुई वटा अहम् मौकामा चुकेका थिए भने ८० औं मिनेटमा पाएको राम्रो अवसरमा साडियो मानेले रोबर्टसनको पासमा पाएको बलमा नियन्त्रण गुमाउन पुगे।

बराबरीका बावजुत लिभरपुलले तालिकाको शीर्षस्थानमा रहँदै २०२० को अन्त्य गरेको छ। शीर्षस्थानमा रहेको लिभरपुलले १६ खेलबाट ३३ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १५ खेलबाट ३० अंक छ। त्यस्तै बराबरीसँगै न्यु क्यासल १९ अंकसहित १४ औं स्थानमा उक्लिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE