प्रिमियर लिग: न्युक्यासलको घरेलु मैदानमा युनाइटेडको फराकिलो जित…

म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ । न्युक्यासलको घरेलु मैदानमा शनिबार राति भएको खेलमा ४–१ को फराकिलो जित निकालेको हो । युनाइटेडको जितका लागि ह्यारी मगुइरे, ब्रुनो फेर्नान्डेज, आरोन वान बिसाका र माक्र्युस रासफोर्डले एक एक गोल गरे । न्युक्यासलले भने एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको दोस्रो मिनेटमा नै न्युक्यासलले आत्मघाती गोलबाट खेलमा अग्रता लिएको थियो । न्युक्यासलका खेलाडीले प्रहार गरेको बल क्लियर गर्न खोज्दा लुके शावको खुट्टामा डिफ्लेक्ट हुँदै गोल हुन पुगेको थियो । तर, २३ औं मिनेटमा मगुइरेले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले माटाको पासमा गोल गर्दै पहिलो हाफमा खेल १–१ को बराबरीमा ल्याएका थिए ।

८६ औं मिनेटमा राशफोर्डको पासमा फेर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा राशफोर्डकै पासमा वान बिसाकाले गोल गर्दै खेल ३–१ को स्थितीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा फेर्नान्डेजको पासमा राशफोर्डले गोल गर्दै युनाइटेडलाई ४–१ को फराकिलो जित दिलाएका हुन् ।

जितसँगै युनाइटेडले लिगमा दोस्रो जित निकालेको छ । चार खेल खेलेको युनाइटेडले दुई जित र दुई हार सहित ६ अंक जोडेर तालिकाको १४ औं स्थानमा छ । पराजित न्युक्यासल भने पाँच खेलबाट ७ अंक जोड्दै ११ औं स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE