प्रिमियर लिग: फुलह्याममाथि लिड्स युनाइटेडको २–१ गोलको जित

प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिड्स युनाइटेडले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गर्दै जित निकालेको छ । लिड्सका लागि प्याट्रिक वामफोर्डले खेलको २९ औं र राफिन्हाले ५८ औँ मिनेटमा गोल गरे ।

फुलह्यामका जोचिम एन्डरसेनले ३८ औँ मिनेटमा एक गोल फर्काए । जितसँगै लिड्स २९ खेलमा ३९ अङ्ककासाथ ११ औँ स्थानमा रहेको छ । फुलह्यामको ३० खेलमा २६ अङ्क छ । फुलह्याम अङ्कतालिकाको १८ औं स्थानमा छ । प्रिमियर लिगमा ७१ अङ्कका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE