प्रिमियर लिग: बर्नलीमाथि म्यानचेस्टर सिटीको सहज जित…

प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी बर्नलीमाथि जित निकालेको छ। टर्फ मोरमा सम्पन्न खेलमा सिटीले घरेलु टोली बर्नलीमाथि २-० गोलअन्तरले जित निकालेको हो। सिटीको जितमा गाब्रियल जिसस र रहीम स्ट्रलिङले गोल गरे।

खेलको तेस्रो मिनेटमा नै सिटीले जिससको गोलमा अग्रता बनाएको थियो। त्यस्तै ३८ औं मिनेटमा इल्के गुण्डोगनको पासमा गोल गर्दै रहिम स्ट्रलिङले गोल गरे। त्यसपछि दुबै तर्फबाट गोल नहुँदा सिटीले खेल २-० गोल अन्तरले आफ्नो पक्षमा पार्‍यो। यो सँगै सिटीले प्रिमियर लिगमा १३ खेलमा अपराजित यात्रा तय गरिसकेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE