प्रिमियर लिग: बर्नलीसँग खेल्दै म्यान्चेस्टर सिटी…

प्रिमियर लिग फुटबल अन्तर्गत आज राति लिग लिडर म्यान्चेस्टर सिटीले बर्नलीसँग खेल्दै छ । बर्नलीको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार राति ११ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा सिटी जित निकाल्दै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने योजनामा छ । लिगमा २० खेल खेलेको सिटी ४४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेल खेलेको बर्नली २२ अंकसहित तालिकाको १५औँ स्थानमा छ । आजको खेलमा जित निकाल्दै बर्नली एक स्थानमाथि उक्लने योजनामा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE