प्रिमियर लिग: ब्राइटनमाथि म्यानचेस्टर सिटीको १–० गोलको कठिन जित…

प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले कठिन जित हात पारेको छ । म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले ब्राइटनलाई १–० ले हराउन सफल भएको हो । सिटीका लागि फिल फोडिनले ४४औँ मिनेटमा गरेको गोल जितका लागि निर्णायक बन्यो ।

जितपछि १६ खेलबाट ३२ अंक बनाएको सुटी तेस्रो स्थानमा उक्लिएको छ । १७ खेलबाट ३३ अंक बनाएको लिभरपुल दोस्रो र समान १७ खेलबाट ३६ अंक बनाएको म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा छ । म्यानचेस्टर सिटी विभिन्न प्रतियोगिताका पछिल्ला १४ खेलमा अपराजित रहँदै आएको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE