प्रिमियर लिग: ब्राइटोनमाथि युनाइटेडको कठिन जित

प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटोनमाथि कठिन जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेडले ब्राइटोनलाई २-१ गोलअन्तरले परमजित गरेको हो। खेलको १३ औं मिनेटमा डेन्नी वेलबेकले गोल गर्दा पहिलो हाफमा ब्राइटोन एक गोलले अघि रह्यो। दोस्रो हाफमा घरेलु टोलीका मार्कस रासफोर्डले खेल बराबरीमा ल्याए। उनले खेलको ६२ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै म्यासन

ग्रिनउडले ८३ औं मिनेटमा गोल थपे। पउल पोग्बाको पासमा उनले गरेको गोल युनाइटेडको जितमा निर्णायक बन्यो। जितसँगै युनाइटेड ३० खेलबाट ६० अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ। युनाइटेडले छ।

WRITE COMMENTS FOR THIS ARTICLE