प्रिमियर लिग: म्यानचेस्टर सिटीको कठिन जित…

म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा साँघुरो जित निकालेको छ । शनिबार साँझ भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडमाथी १–० को साँघुरो जित निकालेको हो । सेफिल्ड युनाइटेडको घरेलु मैदान ब्रमल लानेमा भएको खेलमा सिटीको जितका लागि किले वाल्करले गोल गरेका थिए । उनले खेलको एकमात्र निर्णायक गोल गर्दै सिटीलाई जित दिलाएका हुन् ।

वाल्करले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । उनले केभिन डि ब्रुइनोको पासमा गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाए पनि दोस्रो हाफमा भने थप गोल गर्न सकेन् । दोस्रो हाफमा दुबै टोलीबाट थप गोल हुन नसक्दा खेलमा सिटीले साँघुरो जित निकालेको हो ।

लिगमा सिटीको यो तेस्रो जित हो । यस जितसँगै सिटीले ६ खेलबाट ११ अंब जोड्दै अंक तालिकाको सातौ स्थानमा उक्लिएको छ । पराजित सेफिल्ड युनाइटेड भने यो छैटौं हार हो । सुरुवाती सात खेल खेलेको सेफिल्ड युनाइटेडले एक खेल मात्र बराबरी खेलेको छ । सात खेलबाट एक अंक जोडेको सेफिल्ड युनाइटेड पुछारबाट दोस्रो स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE