प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडको महत्वपूर्ण जित,लिगको दोस्रो स्थानमा….

प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । खेलको पूरै ९० मिनेट बुल्भ्ससँग बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले इन्जुरी समयमा गोल गर्दै महत्वपूर्ण जित दर्ता गरेको हो ।

म्यानचेस्टरको जितका लागि खेलको इन्जुरी समयमा मार्कस राशफोर्डले गोल गरे । यो जितसँगै म्यानचेस्टर युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । उसले १५ खेलबाट ३० अंक जोडेको हो । शीर्ष स्थानको लिभरपुलको ३२ अंक छ । बुधबार रातिको खेलमा पराजित भएको बुल्भ्स १२ औं स्थानमा रोकिएको छ । उसले १६ खेलबाट २३ अंक मात्र बनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE